सुनिता चुँदाली

निरीह लाचार यो विवस शहर छ
डर त्रास ले जान्छ सातो कोरोना कहर छ
अक्सिजन अभावमा मृत्युवरण गर्दैछन् जनता यता
चलिराछ उता कुर्सी कुस्ती हेर्ने लहर छ।

खै कस्तो यो रोग आएको छ
छैन खुशी कतै मात्र शोक छाएको छ
आर्जन छैन खाने चामल तिउन छैन
त्यसैले होला आजभोलि भोक हराएको छ।