बुटवल । अक्सिजनकाे हाहाकार भएको लुम्बनी प्रदेशमा लिक्विड अक्सिजन आएको छ । अव यो अक्सिजनले केही राहत मिल्नेछ ।

अहिले रुपन्देहीमा मात्रै दैनिक ५०० सिलिण्डर अपुग छ । लिक्विड ग्यासले कम्तिमा ५ दिन माग धान्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले जानकारी दिए । ५ दिन त्यो ग्यासले माग धान्दा यहा उत्पादन हुने ग्यास बचत हुनेछ ।

५ दिनमा ५५ सय सिलिण्डर बचत भएपछि त्यसपछिको अक्सिजन व्यवस्थापन सहज हुने विश्वास गरिएको छ । मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक सञ्जालमा लेख्दै अक्सिजन ल्याउन सहयोग गर्नेलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्- वाँके र रुपन्देहीमा लिक्विड अक्सिजन आइपुग्यो । प्रदेशका अक्सिजन उद्योगको उत्पादनलाई व्यवस्थित गरिदैछ। धन्यवाद सहयोगी सबैलाई।.