दिलिप कुमार यादव
कपिलवस्तु ।
कपिलवस्तुको महराजगञ्ज नगरपालिका वडा नं. १ मा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पसमा ३ दिनदेखि ताला लगेको छ । क्यम्पसले सदस्यता खुल्ला गरेको अन्तिम दिनमा समय सीमाभन्दा पछि आएको व्यक्तिहरुले ताला लगाएको व्यावस्थापन समितिका अध्यक्ष निजामुद्धिन खाँले बताएका छन् ।
उनकाअनुसार महराजगञ्ज नगरपालिकाका केही वडा अध्यक्ष तथा मेयरका नजिकका मन्छेहरुले ताला लगाएका छन् । खाँ भन्छन ‘हामी २० दिनको लागि सदस्यता खुल्ला गरेका थियौ । तर अन्तिम दिन पुस २७ गते मत्रै धेरै भिड भयो । भिड ३ बजे पछि आएको थियो ।’ महाराजगञ्ज नगरपालिका वडाअध्यक्षहरु जगदिशप्रसाद तिवारी, शिव प्रसाद बनिया, नैन दास मुराउ, स्थानीय अगुवा समाजसेवी गंगेश नाथ तिवारीलगायतले विवाद गराएको खाँले बताएका छन् ।
यता क्याम्पसको अध्यक्षसहितको व्यावस्थापन समितिका पदाधिकारी तथा कार्यलय प्रमुखसहितको टोलीले २९ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ताला लगाउने तथा अभद्र व्यवहार गर्ने सम्पूर्णलाई कायर्बाहीको माग गरेको छ ।
कार्यालय प्रमुख सूर्यलाल कसौधनले ३ बजे पछि आएको टोलीले विभिन्न गाली गर्दै आफुलाई बाहिर निस्कना समेत नदिएको बताए । चरैतिर घेराहाली रहेको बेलामा आफु पिसाब फेर्ने बहाना बनाई त्यहाँदेखि निश्केको बताएका छन् । कसौधनले अभद्र व्यावहार गर्ने सम्पूर्णलाई कार्यबाहीको माग गरेका छन् ।