श्रीराम ज्ञवाली
हामी २१ औं शताब्दीमा छौं । इतिहासदेखि वर्तमानसम्मका विकासक्रमलाई नियाल्दा भएका परिवर्तनहरु चेतनास्तरका कारण भएको हो । विभिन्न कालखण्डमा भएका संघर्ष र परिवर्तनहरुबाट हामी यो अवस्थामा छांै । हामी समाज रुपान्तरणको प्रकृयामा रहँदा समाजवाद हाम्रो गन्तव्य हो । जसमा राज्यकोे दायित्वभित्र जीवन यापनका आधारहरु खाना, नाना, छाना, शिक्षा, स्वस्थ्य र रोजगार पर्दछन् । हरेक नागरिकलाई सम्मान पूर्वक समाजमा देशमा रहने खालको वातावरण तय हुन्छ । वर्तमानमा हामी एकताको शुत्रमा बाँधिएर अनेकतामा एकतमा लिई जीवनस्तर उठाउन लाग्नु पर्छ । हामी जातका नाममा, धर्मका नाममा, वर्गका नाममा मतभेद नगरि आफू, आफ्नो परिवार, समाज एवं देशको स्तर उठाउन लाग्नुपर्छ । अहिलेको सन्दर्भमा हाम्रो देश नेपाल विकासोन्मुख मुलुकमा पर्छ । यसबाट माथि उठि विकशित राष्ट्र बनाउन लाग्नु आजको आवश्यकता हो । हाम्रो देश प्राकृतिक सम्पन्नता, अनेकतामा एकता, मानवियताका प्रतिक गौतमबुद्धको देश हो । हामी समाजमा आफूभन्दा तलकालाई माया दिई माथि उठाउने, माथिकालाई सम्मान गरी सहयोग लिई अगाडि बढ्नु पर्छ ।
हाम्रो देशमा भएका विभिन्न क्रान्तिहरुबाट पाठ सिक्दै अहिलेको समयमा आर्थिक क्रान्तिमा लाग्नु पर्छ । यसका लागि कुनै पनि बन्द, हड्ताल, हत्या, हिंसा नभई आ–आफ्नो कुसलता महत्वकांक्षा अनुरुप बौद्धिक एवं शारीरिक मेहनत गरी माथि उठ्न आवश्यक छ । सम्पूर्ण आय–व्ययलाई पारदर्शी रुपबाट अगाडि बढाउन आवश्यक छ । वर्तमानमा परिश्रम नगर्ने तत्काल प्रतिफलको अपेक्षा गर्ने र जस्तोसुकै अमानवियता, ठगी, चोरी, हत्या, हिंसा जस्ता कार्यहरु गर्ने गरेको पाईन्छ । यसको न्यूनीकरण गर्न आफ्नो कुशलतामा महत्व दिने माथिकोलाई उदाहरण बनाई प्रगति गर्ने तलकोलाई हेरेर गति सन्तुलनमा राख्नु पर्छ ।
वर्तमान सन्दर्भमा चाहे राजनीतिक होस् या अन्य कुनै जसरी पनि अर्कोलाई नराम्रो देखाई आफू अगाडि जान खोज्ने न्यून चेतनास्तरमा सुधार गर्नु प्रमुख आवश्यकता छ । यानेकी जसले गर्दा राम्रो गर्नेहरुको मनोबल घट्ने र नराम्रो कुचेष्ठा गर्नेहरु अगाडि जाने गम्भीर खतरा देखा पर्दछ । त्यस्तो कुचेष्ठाबाट अगाडि गई नेतृत्व गरेमा सिंगो समाज नै कुचेष्ठामा गुर्जीन बाध्य हुन्छ, र यसबाट हिंसात्मक गतिविधि बढ्छन् । समाज नै हिंसात्मक बन्छ ।
यसकारण हामीले रचनात्मक विचार एवं कामहरुलाई महत्व दिई आलोचनाका लागि आलोचना नभई रचनात्मक क्रिया ÷प्रतिक्रियालाई महत्व दिई अगाडि बढेमा समाज न्यायपूर्ण बन्न सक्छ । राज्यको तर्फबाट नीति÷नियमहरु थप परिस्कृत गर्दै लैजानु आवश्यक छ । हरेक तह र तप्काबाट रचनात्मकतामा महत्व दिई अगाडि बढेमा हामीले समयमै लक्ष्य हासिल गर्न सकिनछ ।
राज्यको तर्फबाट कसुरअनुसार मृत्युदण्डसम्मकोकानून बनाउनु आवश्यक छ । ताकी कसैले दुष्कर्म गर्ने चेष्टानै नगरोस्, सुमार्गीलाई हौसला मिलोस् । यसक्रममा विगतको शताब्दीमा देश एवं जनताका लागि उपयुक्त वर्तमान सरकार हो । यसले राष्ट्रियता, विकास, स्ववालम्बि, शान्ति प्रक्रिया, अनेकतामा एकता राम्रोलाई हौसला एवं नराम्रोलाई दण्डित गरेको छ । यसैगरी हरेकले आ–आफ्नो तहबाट लागिपरेमा हामी विकासोन्मुखबाट विकसित राष्ट्र बनाउन सफल हुनेछौं ।